Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 10, 2016
सप्तरीको हरिहरपुर गाविस र सिन्धुलीको भुवनेश्वरी गाविसमा भएको भिषण आगलागिप्रति नेपाली कांग्रेसका सभापतिद्वारा दुःख व्यक्त र सहयोगमा जुट्न आह्वान

 चैत्र २८, २०७२
प्रेस विज्ञप्ति
सप्तरीको हरिहरपुर गाविस र सिन्धुलीको भुवनेश्वरी गाविसमा हिजो भएको भिषण आगलागिवाट वासस्थान तथा धनमाल डढेर खरानी भएको र चौपायाहरु पूर्णरुपमा जलेर नष्ट भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । यो संवेदनशील घडीमा पीडितहरुलाई तत्काल वस्ने वास र गाँसको प्रबन्ध मिलाउन तथा क्षतिको यथार्थ विवरण संकलन गरी यथाशीघ्र राहतका कार्यक्रमहरु पीडित समक्ष पु¥याउन नेपाल सरकारसँग जोडदार माग गर्दछु । साथै, पीडितहरुको उद्धार र राहत कार्यमा सहयोग पु¥याउन सम्बन्धित जिल्लाका नेपाली कांग्रेस पार्टी र यस अन्तर्गतका सबै निकायहरुलाई निर्देश गर्दछु ।
शेरवहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files