Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 12, 2016
नयाँ वर्ष २०७२ को उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूद्वारा शुभकामना व्यक्त

 वैशाख ०१, २०७३
शुभकामना !
 
सर्वप्रथम, नववर्ष २०७३ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
 
मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ । नेपाली जनताको विगत ६ दशक लामो संघर्ष र वलिदान पश्चात आफ्ना प्रतिनिधिहरु मार्फत निर्मित संविधान सभाबाट मुलुकमा लोकतान्त्रिक संविधान निर्माण भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन हामी सबै एकजुट हुनु परेको छ । सामाजिक, सास्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकका मुलुकवासीले गतवर्ष भोग्नु परेको प्राकृतिक प्रकोप, असहज र कठिन दैनिक जीवन हालसम्म पनि सामान्य वन्न सकिरहेको छैन । यस्तो परिस्थितिमा नयाँ वर्ष २०७३ को प्रारम्भसंगै मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमा भन्दा माथी उठेर एकतावद्ध भई अगाडि वढ्नु आवश्यक छ । साथै, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नववर्ष २०७३ ले हामी सवैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files