Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 13, 2016
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा खोटाङ र डोटीमा भएको सवारी दुर्घटना प्रति दुःख व्यक्त

 वैशाख १, २०७३
प्रेस विज्ञप्ति
 
हिजो २०७२ चैत्र ३० गते खोटाङको दिक्तेलबाट काठमाडौँ तर्फ आउँदै गरेको यात्रुवाहक बस बर्खेटार भन्ने स्थानमा दुर्घटना हुँदा २४ जनाको मृत्यु र दर्जनौँ भन्दा बढी घाइेत भएको तथा हिजो राति डोटीको जिजोडामाण्डौ गा.वि.स.मा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु र अन्य व्यक्तिहरु घाइते भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । 
यो संवेदनशील घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । 
यो वर्ष मात्र दुई हजारभन्दा बढी व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ । सवारी सचेतना, बाटोहरुको स्तरोन्नति तथा सवारी साधनले क्षमता भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थाका साथ आगामी दिनमा यस्ता घटनाको न्यूनिकरण गर्न आवश्यक कदम चाल्न सरकार र सम्वद्ध सबै पक्षसँग अनुरोध गर्दछु । 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files