Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 14, 2016
नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव भीमबहादुर खड्कामाथि वाइसिएलका कार्यकर्ताले गरेको आक्रमणको घटनाप्रति कांग्रेसद्वारा घोर निन्दा

 वैशाख २, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव भीमबहादुर खड्काले हिजो अपरान्ह ४ बजे एक कार्यक्रमलाई सम्बोधन गरी रहेकै बेला वाईसिएलका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएका छन् । मयुर युवा क्लवले आयोजना गरेको रुघाको सिमु्रतुमा क्लबको वार्षिक उत्सव तथा वृहत खेलकूद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई उहाँले सम्बोधन गरिरहेको बेला वाइसिएलका कार्यकर्ताहरु मञ्चमा प्रवेश गरी माइक खोस्नुका साथै लछार पछार पार्दै उहाँलाई आक्रमण गरेका थिए ।
शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार माथि वाइसिएलका कार्यकर्ताहरुले ठाडो हस्तक्षेप गरेका छन् । उक्त अवांछित र गैर राजनीतिक क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, यस्ता क्रियाकलाप पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, यस घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कार्वाहि गर्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग 
गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
Share on Facebook

Attachments#
No files