Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 19, 2016
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका पूर्व सदस्य ८९ वर्षीय मित्रलाल सापकोटाको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 वैशाख ६, २०७३
शोक विज्ञप्ति
 
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका पूर्व सदस्य ८९ वर्षीय मित्रलाल सापकोटाको गए राति ७ः४५ बजे कास्की जिल्ला स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय सापकोटाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । नेपालमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा ४ वर्ष निर्वासन, २०४२ को सत्याग्रहमा सहभागी हुँदै केही महिना कारागारमा व्यतित गर्नु भएको थियो । उहाँ विभिन्न सामाजिक एवं विकास निर्माण कार्यमा संलग्न रहँदै आउनु भएको थियो । स्वर्गीय सापकोटाका दुई श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files