Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 19, 2016
जापान र इक्वेडरमा हालै गएको शक्तिशाली भूकम्पका कारण जनधनको ठूलो क्षति भएको घटनाप्रति सभापति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

 वैशाख ६, २०७३
प्रेस विज्ञप्ति
जापानको दक्षिणी भूू–भाग तथा दक्षिण अमेरिकी देश इक्वेडरमा हालै गएको शक्तिशाली भूकम्पका कारण जनधनको ठूलो क्षति भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । 
दुःखको यस घडीमा जापान र इक्वेडर सरकार तथा त्यहाँका जनताहरुप्रति मेरो तर्फबाट र मेरो पार्टी नेपाली कांग्रेसका तर्फबाट हार्दिक सहानुुभूति प्रकट गर्दछु । भूकम्पमा परि ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files