Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 22, 2016
प्रजातन्त्र सेनानी ८१ वर्षीय मोहनकुमार खत्रीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 वैशाख १०, २०७३
शोक विज्ञप्ति
 
काठमाडौँ महानगरपालिका वडा नं. ३३ निवासी प्रजातन्त्र सेनानी ८१ वर्षीय मोहनकुमार खत्रीको गए राति उहाँको आफ्नै निवासमा निधन भयो । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहनु भएका श्री खत्री २०६० सालदेखि दम लगायतका विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय खत्रीले लामो समयसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रहेर कार्य समेत गर्नु भएको थियो । प्रजातन्त्रको स्थापनाको संघर्षका क्रममा २०१७ सालदेखि २०२७ सालसम्म उहाँ भारत निर्वासनमा रहनु भएको थियो र पछि आम माफी पाई उहाँ स्वदेश फर्कनु भएको थियो । उहाँ राजनीतिक पीडित व्यक्तित्व हुनुहुन्थ्यो । नेपाली कांग्रेसका पूर्व सभापति स्व. कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित राजनीतिक पीडित सहायता समितिद्वारा प्रकाशित पुस्तकमा राजनीतिक पीडितका रुपमा उहाँको नाम समावेश रहेको 
छ । 
उहाँको आजै विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा स्वर्गीय खत्रीले सक्रिय योगदान पु¥याउनु भएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files