Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 22, 2016
लोकतन्त्र दिवस (वैशाख ११, २०७३) को सन्दर्भमा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा जारी प्रेस विज्ञप्ति

 
प्रेस विज्ञप्ति
 
 
मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा पटक पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरुप्रति लोकतन्त्र दिवसका अवसरमा सर्वप्रथम उच्च सम्मान र श्रद्धा व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।
 
मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं । मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना दलगत स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहिदहरुप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ भन्ने मैले ठानेको छु । कुनै पनि संविधान जारी हुँदाका वखत नै पूर्ण र असंशोधनीय हुन सक्दैन । समय, काल, परिस्थिति र जनचाहना अनुसार यसले आफ्नो आकार ग्रहण गर्दछ । मुलुकका सामु विद्यमान समस्याहरुको शान्तिपूर्ण ढंगबाट आपसी सद्भाव र एकताका आधारमा हामी सबै एकजुट भई समाधान गर्न      आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुनैछौ भन्ने मैले विश्वास लिएको छु ।
 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files