Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 29, 2016
नेपाल प्रेस युनियनका केन्द्रीय सचिव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं लोकगीतका उदयीमान एक सर्जक ३३ वर्षीय सूर्य कुमार क्षेत्रीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 वैशाख १७, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका केन्द्रीय सचिव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं लोकगीतका उदयीमान एक सर्जक ३३ वर्षीय सूर्य कुमार क्षेत्रीको गए राति निधन भएको छ । स्याङ्जा जिल्ला पिडीखोला वडा नं. ८ निवासी स्वर्गीय क्षेत्री २०७१ मंसिरदेखि व्रेन ट्युमरबाट पीडित हुनुहुन्थ्यो । विहिबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई काठमाडौँ स्थित न्यूरो अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । उहाँका माता, पिता, श्रीमती र एक छोरा हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै प्रज्ञा भवन, कमलादी जानु भई स्वर्गीय क्षेत्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । 
 
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय क्षेत्रीले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files