Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 01, 2016
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा शुभकामना व्यक्त

 वैशाख १९, २०७३
शुभ–कामना
मे १ तारिख – श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यस ऐतिहासिक दिवसका अवसरमा म सम्पूर्ण श्रमिक दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु । 
वि.संं. २००३ को फाल्गुण २१ देखि नेपाली काँग्रेसका पूर्व सभापति एवं लोकतान्त्रिक नेपालका महानायक स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुरहरुले आफ्ना जायज मागहरु राखेर विराटनगरमा आन्दोलन प्रारम्भ गरे । नेपालमा भएको यो पहिलो ऐतिहासिक आन्दोलन थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी.पी. कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी, मनमोहन अधिकारी, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरी समेत अनेकौंलाई पक्राउ ग¥यो । क्रूर तवरले गोली हानेर मजदूर नेता तुलारामको हत्या गरियो ।
नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ । 
२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । आज पनि नेपालका श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरुले अनेक समस्याहरुलाई व्यहोर्नु परेको छ । कसरी श्रमिकको समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वद्र्धन गर्न सकिन्छ, त्यसप्रति नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहेको छ ।  
एक युगान्तकारी परिवर्तनसँगै हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको छ । लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयन तथा संरक्षण गर्नु सबैको कर्तव्य र दायित्व भएकोले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदी बहिनीहरु अत्यन्त सजग र जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । अन्त्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा पुनः सम्पूर्ण श्रमिक वर्गहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु । 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files