Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 12, 2011
श्रावण २० गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय

श्रावण २०, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा— महामन्त्री कृष्णप्रसाद सिटौला, सदस्यहरु— गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के.सी., महेश आचार्य, पूर्णबहादुर खड्का, रमेश रिजाल, डा. प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद र शंकर भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—

पार्टीको नियमावली माथि छलफलमा प्राप्त सुझावहरुलाई समेत समावेश गर्दै निम्न लिखित मूलभूत वुँदाहरु रहने गरी पार्टीको नियमावली परिमार्जन सहित पारित गरियो ।

(१) केन्द्रीय कार्य सम्पादन समिति तथा संसदीय समितिका सदस्यका लागि केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यहरुमध्येबाट केन्द्रीय कार्यसमितिमा नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुनु पर्नेछ ।

(२) केन्द्रीय अनुशासन समितिका संयोजक तथा सदस्यका लागि केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यहरुमध्येबाट केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुनु पर्नेछ ।

(३) केन्द्रीय निर्वाचन समिति तथा लेखा परिक्षण समितिका संयोजक तथा सदस्यका लागि केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिमा नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुनु पर्नेछ ।

(४) केन्द्रीय विभागका प्रमुख एवं सदस्यहरु, अञ्चल समन्वय समितिका संयोजक एवं सदस्यहरु र काठमाडौँ उपत्यका समन्वय समितिका संयोजकको नियुक्ति, मनोनयन वा हेरफेर केन्द्रीय सभापतिले गर्नेछ । 

केन्द्रीय कार्यसमितिको बैठक २०६८ श्रावण २२ गते आइतबार विहान ८ः०० बजे बस्नेछ ।     
                      
                                                                                                                                                                                                                          
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files