Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 12, 2011
श्रावण २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय

श्रावण २२, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा उपसभापति रामचन्द्र पौडेल, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, रामकुमार चौधरी र चन्द्र भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो । आजको बैठकमा राज्य पुनर्संरचना सम्बन्धमा छलफल भयो । छलफलको क्रम जारी रहनेछ ।

बैठकको निर्णय देहाय बमोजिम छ—

(१) हालै देशका विभिन्न क्यासिनोहरुमा देखिएका विवादहरुको समाधानका लागि नेपाल ट्रेड युनियन कांग्रेस—स्वतन्त्रसँग आवश्यक समन्वय गरी कार्यसमितिमा यथाशीघ्र प्रतिवेदन बुझाउन केन्द्रीय सदस्यहरु—नविन्द्रराज जोशी, धनराज गुरुङ र शंकर भण्डारीलाई जिम्मेवारी दिने निर्णय भयो ।

(२) सुनसरीको देवान्गञ्जमा गत श्रावण १३ गते सुरक्षाकर्मीको गोलीबाट नेपाली कांग्रेसका सक्रिय सदस्य सानु यादवको हत्या भएको घटनाको यो बैठक घोर निन्दा र भत्र्सना गर्दछ । सामान्य घटनालाई सुरक्षाकर्मीले गोलिकाण्डमा परिणत गरेकोमा विरोध गर्दै यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडा भन्दा कडा कार्वाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था तथा सो घटनाका घाइतेहरुको उपचारका लागि नेपाली कांग्रेस सरकारसँग मांग गर्दछ । साथै मृतक यादवका परिवारप्रति कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०६८ श्रावण २३ गते सोमबार दिनको १ः०० बजे पुनः बस्नेछ ।     
                      
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files