Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 17, 2011
राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री पदको लागि पार्टीका नेता श्री शेरबहादुर देउवालाई प्रस्तुत गर्ने कार्यसमितिको निर्णय


श्रावण ३२, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो ।

बैठकको निर्णय देहाय बमोजिम छ—

प्रधानमन्त्री पदबाट श्री झलनाथ खनालले राजीनामा गरिसकेको वर्तमान परिस्थितिमा शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउन र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक देखिएको छ । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने अवसर पाएमा प्रधानमन्त्री पदको लागि पार्टीका नेता श्री शेरबहादुर देउवालाई प्रस्तुत गर्ने निर्णय गर्दछ । राष्ट्रिय सहमति निर्माण गर्न नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग तुरुन्त संवाद प्रारम्भ गर्ने निर्णय गर्दछ ।
 
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files