Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 25, 2011
क्रियाशील सदस्य धनिराम बसेलको रहस्यमय निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

भाद्र ८, २०६८
प्रेस विज्ञप्ति

 पर्वत जिल्ला भोर्ले गा.वि.स. निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि बसेलका छोरा एवं पार्टीका क्रियाशील सदस्य धनीराम बसेलको हिजो भाद्र ७ गते रहस्मय अवस्थामा शव भेटिएको छ । मृतक बसेल त्रि.वि.शिक्षण अस्पतालमा कार्यरत रहेका थिए । गत भाद्र ५ गते माओवादी युनियनसँग सामान्य विवाद रहेको भएता पनि सोही दिनदेखि उनी हराइरहेका थिए ।
 मृतक बसेलको निधनप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । बसेलको रहस्यमय निधनको छानविन तथा दोषी उपर कडा भन्दा कडा कार्वाहीको लागि सरकारसँग नेपाली कांग्रेस मांग गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files