Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 30, 2017
नेपाली सेनाको एन ए ४८ स्काई प्लग जहाज दुर्घटना प्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 जेष्ठ १६, २०७४
प्रेस विज्ञप्ति
 
बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको एन ए ४८ स्काई प्लग जहाज आज दुर्घटना हुँदा विमान चालकको मृत्यु र दुई जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, सभापति श्री शेरबहादुर देउवाले उक्त घटनामा परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । 
घटनामा परि दिवंगत हुनु भएका चालकप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण 
गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files