Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 30, 2017
नेपाली कांग्रेसका क्रियाशील सदस्य, साहित्यकार एवं पत्रकार मेदिनीकुमार केवल (तिवारी)को निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 जेष्ठ १६, २०७४
शोक विज्ञप्ति
 
दाङ लमही निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य, साहित्यकार एवं पत्रकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा गत शनिबार विहान हृदयघातबाट निधन भयो । दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्य सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा अचानक अस्वस्थ भएपछि वर्दिवासको शुभ स्वस्तिक अस्पतालमा उपचारको लागि उहाँलाई लगिएको थियो । स्वर्गीय केवलले नेपाली जनसम्पर्क समिति, भारतको विभिन्न पदमा रहेर कार्य समेत गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय केवलले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
स्वर्गीय केवल पछिल्लो समय नेपाली जनसरोकार नामक मासिक पत्रिका र जनकपुर साप्ताहिकको सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाली, अवधी र हिन्दी भाषा साहित्यका रचनाकार केवलका आधा दर्जन जति कृति प्रकाशित छन् । उहाँको श्रीमती र दुई छोरी हुनुहुन्छ । 
लामो समयदेखि नेपालको राजनीति, पत्रकारिता र साहित्य क्षेत्रमा समर्पित केवलको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files