Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 01, 2017
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेलको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 जेष्ठ १८, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेलको गए राति अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचारका क्रममा निधन भयो । स्वर्गीय भुर्तेल ६४ वर्षका हुनुहुन्थ्यो । वि.सं. २०३६ सालमा उहाँ नेपाल विद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो । स्वर्गीय भुर्तेलले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको श्रीमती र दुई छोरी हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनहरुमा सक्रिय रहनु भएका भुर्तेलको निधनप्रति मेरो व्यक्तिगत र पार्टीको तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files