Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 15, 2017
नेपाल शिक्षक संघ, सल्यानका सदस्य नरेश चन्दको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 असार १, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सल्यानका सभापति गणेश चन्दका छोरा एवं नेपाल शिक्षक संघ, सल्यानका सदस्य वर्ष ४४ का नरेश चन्दको काठमाडौँको जोरपाटी मेडिकल कलेजमा उपचारका क्रममा हिजो जेष्ठ ३१ गते निधन भयो । स्वर्गीय चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै जिल्ला सभापति गणेश चन्द लगायत सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files