Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 20, 2017
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा चुनाव प्रसार प्रसार गरी फर्कदै गरेको जीप दुर्घटना हुँदा एक मृत्यु र ९ घाइते भएको घटनाप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 असार ६, २०७४
प्रेस विज्ञप्ति
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसको चुनाव प्रसार प्रसार गरी फर्कदै गरेको लु १ ज १९५८ नं. को जीप हिजो वेलुका करीब ६ बजे दुर्घटना हुँदा त्यसमा सवार नेपाली कांग्रेसका कार्यकर्ता वर्ष २६ का अर्जुन घिमिरेको मृत्यु भएको छ । जीपमा रहेका अन्य ९ जनाको अहिले तानसेन स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था अहिले खतरामुक्त रहेको छ । उक्त जीप सडकबाट करीब ३० मिटर तल खसेको थियो । 
स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेसले एक होनाहार कार्यकर्ता अर्जुन घिमिरेलाई गुमाउनु पर्दा नेपाली कांग्रेसलाई गहिरो दुःख लागेको छ । नेपाली कांग्रेस उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । 
यस दुर्घटनामा परी घाइते हुनु भएका सबै व्यक्तिहरुको स्वास्थ्योपचारको उचित व्यवस्था मिलाउन नेपाली कांग्रेस सरकारसँग माग गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files