Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 22, 2017
पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उठेका वागी उम्मेदवार, प्रस्तावक र समर्थकहरु पार्टी विधानतः निस्कासित

 आषाढ ०८, २०७४
प्रेस विज्ञप्ति
 
२०७४ आषाढ १४ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता वागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार २०७४ आषाढ ७ गतेदेखि पार्टीबाट स्वतः निस्कासित भएको जानकारी गराइन्छ । साथै, नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई असहयोग हुने क्रियाकलापमा संलग्न रहेको प्रमाणीत भएमा त्यस्ता व्यक्तिहरुको नामावली पार्टीका विभिन्न तहका कार्यसमितिहरुले जिल्ला कार्यसमिति मार्फत् नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तत्काल पठाउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files