Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 25, 2017
नेपाली कांग्रेसको पक्षमा मतदान गर्न नेपाली कांग्रेसद्वारा आह्वान

 असार ११, २०७४
प्रेस विज्ञप्ति
 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही असार १४ गते सम्पन्न हुन गैरहेको छ । 
अत्यन्त कठिन साधना र समर्पणबाट प्राप्त उपलब्धीलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तहको यो निर्वाचनबाट प्राप्त भएको छ । स्थानीय तहको निर्वाचन मार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि प्राप्त हुनुपर्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ ।  
स्थानीय तहलाई लोकतन्त्रको मजवुद आधारशिला बनाउने महायज्ञमा नेपाली कांग्रेसकै नेतृत्वदायी भूमिकाको अपरिहार्यता आम नेपाली जनताले महसुस गरेकै छन् । ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान — कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ को नारा लिएर नेपाली कांग्रेस जनताको चाहना र भावनालाई आत्मासात गर्दै चुनावी मैदानमा उत्रिएको छ । तसर्थ, ३ वटै प्रदेशमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदानका लागि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ । 
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन अनुगमन कार्यदलको आज बसेको बैठकले देशलाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउन, गाउँघरमा दिगो शान्ति, सामाजिक सद्भाव र जनताको एकता सुदृढ बनाउनका निम्ति नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन रुख चिन्हमा मतदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक अपील गर्दछ ।  
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files