Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 29, 2017
बझाङ र अछाम जिल्लाका केही मतदान स्थलको मतदान पुनः गराउन नेपाली कांग्रेसद्वारा माग

 असार १५, २०७४
प्रेस विज्ञप्ति
 
बझाङ र अछाम जिल्लाका तपसीलका मतदान स्थलमा नेकपा (एमाले) का कार्यकर्ताहरुले मतदान केन्द्र कब्जामा लिई एकलौटी मतदान गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 
 
बझाङ
१. जयपृथ्वी न.पा. वडा नं. ७ को सुलिपिपलचौर उच्च मा.वि. केन्द्रमा नेकपा (एमाले) र अनेरास्ववियुका कार्यकर्ताहरुले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिएको र एकलौटी मतदान गरेको । 
 
अछाम
१. चौरपाटी गाउँपालिका वडा नं. ४ को वैधनाथ मा.वि. मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) का कार्यकर्ता, मतदाता र उम्मेदवारहरुलाई एमालेका कार्यकर्ताहरुले निर्मम तवरले कुटपिट गरी मतदान स्थलबाट लखेटी एमालेले एकलौटी मतदान केन्द्र कब्जामा लिएको, सुरक्षा निकायलाई समयमै जानकारी गराएता पनि सुरक्षा निकाय मुकदर्शक बसेको, मतदान स्थलमा खटिएका प्रहरीको बलमा नेकपा एमालेका कार्यकर्ताहरुले महिलाहरुप्रति दुव्र्यवहार गरेको र आममतदातालाई मत खसाल्नबाट वञ्चित गरेको । 
२. साँफेबगर नगरपालिका वडा नं. ६ चन्द्रोदय प्रा.वि. भाग्यश्वर मतदान केन्द्रमा नेकपा
(एमाले) का कार्यकर्ताहरुले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई उक्त मतदान स्थलमा बस्न नदिई मतदान केन्द्र कब्जामा लिई एकलौटी मतदान गरेको । 
 
भयरहित वातावरणमा निर्धक्कसँग निर्वाचनमा सहभागी भई आफ्नो मत प्रकट गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि नेकपा (एमाले) ले ठाडो उल्लंघन गरेको छ । मतदान केन्द्र कब्जामा लिने, मतदातालाई डर, धाक र धम्की दिने, सुरक्षा वलको आडमा अभद्र व्यवहार गर्ने जस्ता नेकपा (एमाले) को क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । उक्त मतदान स्थलको यथार्थ छानविन गरी पुनः मतदान गराउन नेपाली कांग्रेस निर्वाचन आयोगसँग जोडदार माग गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files