Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 04, 2017
सिरहा क्षेत्र नं। ३ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति सञ्जयप्रकाश यादवकी ममतामयी माता रेखादेवी यादवको निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 असार २०, २०७४
शोक विज्ञप्ति
 
सिरहा क्षेत्र नं. ३ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति सञ्जयप्रकाश यादवकी ममतामयी माता एवं क्रियाशील सदस्य ५५ वर्षीया रेखादेवी यादवको हिजो राति ७ बजे भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भयो । सिरहा नगरपालिका वडा नं. २१ लब्दीगोठ निवासी स्वर्गीय यादवकी श्रीमान्, ३ छोरा हुनुहुन्छ । स्वर्गीय यादवले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
डा. प्रदीप पराजुली
का.वा. मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files