Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 15, 2011
चैत्र २८, २०६७ प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष श्री प्रदीप पौडेलले आफ्नो पदबाट दिनु भएको राजीनामा चैत्र २८, २०६७ बाटै लागू हुने गरी स्वीकृत गर्नु भएको छ । शान्ति प्रकृयालाई अन्तिम टुंगोमा पुर्याउने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने महत्वपूर्ण घडीमा नेपाल विद्यार्थी संघलाई अझ बढी चुस्त, गतिशील र सुदृढ बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ उहाँले दिनु भएको राजीनामाको सम्मान गर्दै नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा रहेर उहाँले निर्वाह गर्नु भएको भूमिका एवं नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदानको कदर गर्दै सभापति श्री कोइरालाले नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट समेत धन्यवाद व्यक्त गर्नु भएको छ । आगामी दिनमा श्री पौडेलबाट सदा झै निरन्तर सहयोगको सभापति श्री कोइरालाले अपेक्षा समेत राख्नु भएको छ ।
 
वसन्तकुमार गौतम
मुख्य सचिव
Share on Facebook

Attachments#
No files