Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 26, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (२०७४ चैत्र १२) को निर्णयहरु

 चैत्र १२, २०७४
 
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी आज तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरु— बलबहादुर के.सी., डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
समिक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक भोलि विहान ९ः०० बजे पुनः बस्नेछ । 
 
आजको बैठकले नेता खुमबहादुर खड्काको गम्भीर स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखकलाई भोलि नै भारत पठाउने निर्णय पनि बैठकले गरेको छ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files