Mar 31, 2018
नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालयमा राखिने
चैत्र १७, २०७४
शोक विज्ञप्ति
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई आजै राति ९ः०० बजे जेट एयरको उडानद्वारा नेपाल ल्याउने र राति उहाँकै निवासमा राखिनेछ । बेलायतमा उच्च शिक्षा अध्ययनरत उहाँका सुपुत्र अनुराग खड्का भोलि १८ गते विहान काठमाडौँ आउनु हुने कार्यक्रम रहेको छ । भोलि चैत्र १८ गते विहान स्वर्गीय खड्काको आफ्नै निवास, सानेपा, ललितपुरमा धार्मिक संस्कार, विधि र परम्परा अनुसार गर्नु पर्ने सम्पूर्ण प्रकृया पुरा गरिसकेपछि विहान ९ः०० बजेदेखि अपरान्ह १ः०० बजेसम्म उहाँको पार्थिव शरीरलाई पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।
२०७४ चैत्र ९ गतेदेखि निर्वाचन समिक्षा सम्बन्धमा चलिरहेको केन्द्रीय कार्यसमितिको भोलि चैत्र १८ गते विहान ११ः०० बजे बस्ने भनिएको सातौ दिनको बैठक स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Attachments#
No files