Jul 31, 2018
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णकुमार जोशीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
श्रावण १५, २०७५
शोक विज्ञप्ति
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णकुमार जोशीको आज दिनको २ः५० बजे बैतडी जिल्ला स्थित आफ्नै निवासमा निधन भयो । वि.सं. २०३४ सालमा स्वर्गीय जोशी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिको संस्थापक जिल्ला सभापति हुनुहुन्थ्यो र वि.सं. २०४५ मा केन्द्रीय कार्यसमितिको सदस्य रहनु भई सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २०४८ को आम निर्वाचनमा पार्टीको तर्फबाट स्वर्गीय जोशी बैतडी निर्वाचन क्षेत्र नं. १ बाट विजयी हुनु भएको थियो । नेपालमा लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा ३ वर्ष ६ महिना उहाँले जेल जीवन समेत बिताउनु भएको थियो । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
पूर्व केन्द्रीय सदस्य कृष्णकुमार जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “पूर्व केन्द्रीय सदस्य एवं मेरा अनन्य मित्र कृष्णकुमार जोशीको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टीको संगठनमा उहाँले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Attachments#
No files