Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 31, 2018
शहीद लीलानाथ दाहाल, नेपाल टे«ड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहाल र प्रजापति दाहालकी ममतामयी माता ९१ वर्षीया अम्बिकादेवी दाहालको निधनप्रति नेपाली काग्रेसद्वारा गहिरो दुःख व्यक्त

 भाद्र १५, २०७५
 
शोक विज्ञप्ति
 
शहीद लीलानाथ दाहाल, नेपाल टे«ड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहाल र प्रजापति दाहालकी ममतामयी माता ९१ वर्षीया अम्बिकादेवी दाहालको हिजो भाद्र १४ गते बेलुकी काठमाडौँको कपन स्थित निवासमा निधन भयो । 
 
नेपाली कांग्रेसमा रहेर नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा स्वर्गीय दाहालको परिवारजनले ठूलो योगदान पु¥याउनु भएको छ । वि.सं. २०३१ सालको ओखलढुंगा काठमाडौँ बमकाण्डका नायक लीलानाथ दाहाल, ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल र गोकर्णबहादुर कार्कीलाई तत्कालीन सरकारले काठमाडौँको थानकोटमा गिरफ्तार गरेर जेल सार्ने वाहनामा वि.सं. २०३१ असोज १३ गतेका दिन गोली हानी उहाँहरु चारै जनाको हत्या गरेको थियो । नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको अतुलनीय योगदान पार्टीको इतिहासमा अमर रहेको छ । 
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अम्बिकादेवी दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ । 
 
स्वर्गीय दाहालको आज विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । छोराहरु खिलानाथ दाहाल, प्रजापति दाहाल र नाती बालकृष्ण दाहालले दागवती दिनु भएको थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु— बलबहादुर के.सी., बालकृष्ण खाण, शिवप्रसाद हुमागाई लगायतका केन्द्रीय नेताहरु, पूर्व मन्त्रीहरु, सांसदहरु तथा पार्टीका कार्यकर्ताहरु, स्वर्गीय दाहालका परिवारका सदस्यहरु र आफन्तजनहरु श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा पशुपति आर्यघाटमा उपस्थित हुनुहुन्थ्यो । 
 
स्वर्गीय दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुमा नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files