Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 31, 2018
नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिको बैठकको निर्णयहरु

 भाद्र १५, २०७५
 
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिको बैठक समितिका संयोजक पार्टी महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ । 
 
 
निर्णय
 
१. नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिका निर्णयहरु तथा समितिका आधिकारिक धारणा सार्वजनिक गर्नका लागि समितिका सदस्य श्री रमेश लेखकलाई प्रवक्ता तोक्ने ।
 
२. पार्टीको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषय तथा सिद्धान्तहरुको पहिचान पश्चात प्रारम्भिक मस्यौदा एक हप्ता भित्र तयार गरी समिति समक्ष प्रस्तुत गर्नका लागि देहाय बमोजिमका तीन वटा उपसमिति गठन गर्ने निर्णय गरियो । 
क) संरचना सम्वन्धि उपसमिति
ख) कार्यविभाजन सम्वन्धि उपसमिति
ग) अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्वन्धि उपसमिति
 
 
 
केशव रिजाल
सदस्य सचिव
 
Share on Facebook

Attachments#
No files