Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 05, 2018
पूर्व महासमिति सदस्य एवं नेपाल प्रजातन्त्र सेनानी संघ रौतहटका अध्यक्ष सूर्य राय यादवको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 भाद्र २०, २०७५
 
 
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं नेपाल प्रजातन्त्र सेनानी संघ रौतहटका अध्यक्ष सूर्य राय यादवको आज विहान रौतहट, वौदीमाई नगरपालिका वडा नं. ७, सरमुझवा स्थित आफ्नै निवासमा निधन भयो । प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा तत्कालीन व्यवस्थाको विरोधमा उत्रनु भएका स्वर्गीय यादवले वि.सं. २०१९ देखि २०३६ सालसम्म १७ वर्ष निरन्तर जेल जीवन बिताउनु भएको थियो । स्वर्गीय यादवले मुक्ति वाहिनीमा समेत काम गर्नु भएको थियो । नेपाली कांग्रेसका पूर्व सभापति एवं सन्त नेता कृष्णप्रसाद भट्टराई, वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री खुमबहादुर खड्का लगायतका नेताहरुसँग जेलमा उहाँ सँगै हुनुहुन्थ्यो । स्वर्गीय यादवले पार्टीको विभिन्न पदमा रहेर कार्य गर्नु भएको थियो । नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नं. २ को दुई पटक क्षेत्रीय सभापति भएर जिम्मेवारी समेत वहन गर्नु भएको थियो । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूर्य राय यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
 
स्वर्गीय यादव नेपालमा प्रजातन्त्र पुनस्र्थापना तथा लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी हुनु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files