Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 10, 2018
धादिङ जिल्ला धुनीवेसी नगरपालिका निवासी ७४ वर्षीय रामशरण उप्रेतीको निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 भाद्र २५, २०७५



शोक विज्ञप्ति

धादिङ जिल्ला धुनीवेसी नगरपालिका (साविक नौबिसे गाउँपालिका) निवासी ७४ वर्षीय रामशरण उप्रेतीको हिजो २४ गते उपचारको क्रममा निधन भयो । स्वर्गीय उप्रेती नौविसे गा.वि.स.का पूर्व अध्यक्ष समेत हुनुहन्थ्यो । स्वर्गीय उप्रेतीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । 
उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files