Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 09, 2018
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 असोज २३, २०७५

शोक विज्ञप्ति

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, वरिष्ठ चलचित्रकर्मी, रङ्गकर्मी एवं समाजसेवी रामकेशर बोगटीको ५८ वर्षको उमेरमा ललितपुरको महालक्ष्मी न.पा. स्थित उहाँकै निवासमा असामयिक निधन भयो । उहाँले अनगिन्ती टेलिफिल्म, नाटक, चलचित्र, विज्ञापन आदिमा अभिनय गर्नु भएको थियो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय बोगटीको श्रीमती, दुई छोरी र दुई छोरा 
हुनुहुन्छ । 
उहाँको पार्थिव शरीरलाई भोलि असोज २४ गते अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने कार्यक्रम रहेको छ । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files