Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 05, 2018
डोल्पामा जीप दुर्घटना । नेपाली कांग्रेसका सभापतिद्वारा गहिरो दुःख व्यक्त

 कात्र्तिक १९, २०७५

प्रेस विज्ञप्ति

डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप आज ठूलीभेरी नगरपालिका वडा नं. ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति श्री देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files