Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 06, 2018
आर्थिक नीति मस्यौदा समितिको बैठक

 कार्तिक २०, २०७५
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी हुने महासमितिको बैठकमा प्रस्तुत गर्ने गरि पार्टीको आर्थिक नीति सम्बन्धि प्रस्ताव तयार गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समितिको बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज बस्यो । आजको बैठकको निर्णय निम्नानुसार रहेको छ ।
 
१. समग्र आर्थिक नीति मस्यौदा तयार गर्न आवश्यक सुझाव र सल्लाह लिने क्रममा कार्तिक ९ गते साविकको गण्डकी, धौलागिरी र लुम्विनी अंचलहरुका पार्टी सभापति तथा विज्ञ साथीहरुको समेत संलनतामा पोखरामा सुझाव लिने काम सम्पन्न भयो । त्यस्तै, कार्तिक १० गते २ नं. प्रदेश लगायतका जिल्लाहरुको विरगंजमा र कार्तिक ११ गते १ नं. प्रदेशका जिल्लाहरु तथा कार्तिक १२ गते साविकको मध्य र सुदुरपश्चिमाञ्चलका जिल्लाहरुका सभापति र विज्ञ साथीहरुको समेत संलग्नतामा नेपालगंजमा सुझाव लिने काम सम्पन्न भयो । यसैगरी आउँदो कार्तिक २५ गते भक्तपुरमा ३ नं. प्रदेशका पहिले संलग्न नभएका जिल्लाहरुका पार्टीका सभापति लगायत विज्ञ साथीहरुलाई समावेश गरि छलफल र सुझाव संकलन लिने कार्य सम्पन्न गरिनेछ । साथै, राष्ट्रिय स्तरका आर्थिक, सामाजिक क्षेत्रका विज्ञहरु र उद्योग व्यवसायी संघ संस्थाका प्रतिनिधि साथीहरु र शुभेच्छुक भ्रातृसंघका केन्द्रीय प्रतिनिधि साथीहरुसंग पनि कार्तिक भित्र सुझाव संकलन गरिसक्ने निर्णय गर्दछ ।
२.  समग्र आर्थिक नीति मस्यौदा तयारीमा आवश्यकसहयोग लिन विज्ञहरु डा. स्वर्णीम वाग्ले, डा. गोविन्द पोखरेल, डा. पोषराज पाण्डे, श्री अच्युत वाग्ले र डा. विश्व पौडेल रहनु हुनेछ । साथै, महासमितिमा पेश गर्नका लागि पार्टीको आर्थिक नीति सम्बन्धि प्रस्तावको मस्यौदाको कार्य शुरु भइसकेको छ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files