Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 25, 2018
केन्द्रीय कार्यसमितिको २०५ मंसिर ९ गतेको बैठकको निर्णय

 मंसिर ९, २०७५



प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । 

संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत ः 
नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गर्नु भयो । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराइएको छ । केन्द्रीय कार्यसमितिको मंसिर १३ गते विहान ११ः०० बजे प्रारम्भ हुने बैठकमा मस्यौदा माथि विस्तृत छलफल प्रारम्भ हुनेछ । 

शीघ्र स्वास्थ्यलाभको कामना
कार्यसमितिको बैठकले पार्टीका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकार र नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

शोक प्रस्ताव
पूर्व प्रधानन्यायाधीश केदारनाथ गिरी तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका झापाका वीरेन्द्र प्रसाई (नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सरिता प्रसाईका पिता), तुलसीराम बुढाथोकी (दाङ) र सीए सीता भण्डारी (गुल्मी) को निधनप्रति कार्यसमितिकोे बैठकले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।  
 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files