Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 07, 2018
समायोजन समितिमा सदस्यहरु मनोनित

 मंसिर २१, २०७५

प्रेस विज्ञप्ति
२०७४ असोज २९ गते श्री विजयकुमार गच्छदारले नेतृत्व गर्नु भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग एकता गर्दा भएको सहमति अनुरुप नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ०७५ कात्र्तिक २० गते बसेको बैठकले नेपाली कांग्रेसको सांगठनिक संरचनामा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न उपसभापति श्री विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरे बमोजिम आज समितिको सदस्यहरु मनोनयन गरिएको छ । उक्त समितिका सदस्यहरुमा उपसभापति श्री विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय— श्री महेश आचार्य र श्री दिपक गिरी रहनु भएको छ । 

विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files