Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 11, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर २५, २०७५ मा बसेको बैठकको निर्णय

 

मंसिर २५, २०७५

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज पनि जारी रह्यो । मंसिर ९ गतेदेखि चलेको आजको बैठकमा राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नु भएको नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव माथि छलफल भएको थियो । आजको बैठकमा केन्द्रीय सदस्यहरु— चित्रलेखा यादव, डा. नारायण खड्का, फरमूल्लाह मन्सुर, नविन्द्रराज जोशी, कमला पन्त, शंकर भण्डारी, केशवकुमार बुढोथोकी, आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द (गोरख) विष्ट र रमा कोइराला पौडेलले आ–आफ्नो धारणा राख्नु भएको थियो । राजनीतिक प्रस्ताव माथि धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ । 

नेपाली कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गर्ने महामन्त्रीको प्रतिवेदन डा. शशांक कोइरालाले आजै कार्यसमितिको बैठकमा प्रस्तुत गर्नु भएको थियो । राजनीतिक प्रस्तावको छलफल सकिएपछि उक्त प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ । 


शोक प्रस्ताव ः 
शहीद क्याप्टेन यज्ञबहादुर थापाकी धर्मपत्नी ८३ वर्षीया खड्गकुमारी थापाको हिजो राति ९ बजे ललितपुरको सुमेरु अस्पतालमा भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय थापाका परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको 
छ । उहाँको पति क्या. यज्ञबहादुर थापाको नेतृत्वमा २०३१ सालमा ओखलढुंगा–सोलुको टिम्बुरबोटमा अनेक नेपाली सपूतहरुले निर्दलीय सत्ता विरुद्ध लोकतन्त्र स्थापनार्थ सहादत प्राप्त गरेका थिए । शहीद थापालाई २०३४ मा निरंकुश सत्ताले मृत्युदण्ड दिएको थियो । शहीद क्या. जस्ता सपूतहरुकै योगदानमा आजको परिवर्तन सम्भव भएको हो । नेपाली कांग्रेस खड्गकुमारी थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 

केन्द्रीय कार्यसमितिको बैठक ०७५ मंसिर २६ गते बुधबार विहान ११ः०० बजे पुनः बस्नेछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files