Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 27, 2018
स्याङ्जाका सक्रिय व्यक्तित्व शिवकुमार अधिकारीको निधनप्रति नेपाली कांग्रेसका सभापतिद्वारा गहिरो दुःख व्यक्त

 पौष ११, २०७५

समवेदना

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. १०, राङ्खोला निवासी मेरा मित्र शिवकुमार अधिकारीको ७९ वर्षको उमेरमा पौष १० गते हुन गएको असामयिक निधनले मलाई स्तब्ध र मर्माहत बनाएको छ । लामो समय जेल तथा निर्वासनमा रहनु भएका स्वर्गीय अधिकारीले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण र सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । पार्टी प्रतिवन्धित अवस्थामा समेत स्वर्गीय अधिकारीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाको सचिव भई संगठनलाई कुशलतापूर्वक संचालन गर्नु भएको थियो । स्याङ्जा जिल्ला विकास समितिको पूर्व सभापति समेत भई पार्टीको जिल्ला संगठनलाई थप मजवुत बनाउन अहम् भूमिका खेलेको मैले महसुस गरेको छु । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । 
उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, शोकको यस घडीमा स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । 



शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files