Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 08, 2019
नेपाली कांग्रेस लम्जुङका पूर्व सभापति तारा कोइरालाको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 पौष २४, २०७५

शोक विज्ञप्ति

नेपाली कांग्रेस लम्जुङका पुराना व्यक्तित्व ७५ वर्षीय श्री तारा कोइरालाको आज विहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय कोइराला वि.सं. २०१७ सालपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति, लम्जुङको संस्थापक सभापति हुनुहुन्थ्यो । वि.सं. २०३६ सालमा जननायक बी.पी. कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बी.पी.लाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागी श्री तारा कोइराला गम्भीर घाइते हुनु भएको थियो । उक्त गोली काण्डबाट उहाँको एउटा खुट्टा काट्नु परेको थियो । 
श्री कोइरालाले— नेपाल विद्यार्थी संघ लम्जुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लम्जुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो । नेपालमा लोकतन्त्र वहालीको संघर्षका क्रममा श्री कोइरालाले करीब २ वर्ष जेल जीवन समेत व्यतित गर्नु भएको थियो । 

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “नेपाली कांग्रेसका क्रियाशील व्यक्तित्व एवं मेरा मित्र श्री तारा कोइरालाको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ । 
श्री कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको सक्रिय योगदान नेपाली कांग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।” 

श्री तारा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files