Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 08, 2019
पाँचथरका क्रियाशील सदस्य हंसरानी नेम्वाङको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 

पौष २४, २०७५



शोक विज्ञप्ति

जिल्ला विकास समिति पाँचथरका पूर्व सभापति स्व. हरिश्चन्द्र नेम्वाङकी धर्मपत्नी ९२ वर्षीया हंसरानी नेम्वाङको गत पौष २१ गते काठमाडौँ विशालनगर स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय नेम्वाङ नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्थ्यो । स्वर्गीय नेम्वाङले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय नेम्वाङकी तीन छोरा र दुई छोरी हुनुहुन्छ । 

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files