Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 04, 2019
युएई विरुद्ध एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय श्रृखंलामा नेपाली क्रिकेट टोलीले पाएको सफलताप्रति नेपाली कांग्रेसका सभापतिद्वारा बधाइँ एवं शुभकामना व्यक्त

 माघ २१, २०७५
 
 
 
हार्दिक बधाई एवं शुभकामना
 
युएई विरुद्ध एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय श्रृखंलामा नेपाली क्रिकेट टोलीले पाएको सफलता र उच्च स्तरको प्रदर्शनले मलाई अत्यन्त हर्षित बनाएको छ । राष्ट्रिय गौरव अभिवृद्धि गर्ने नेपाली क्रिकेट टिमलाई म यस अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेट टिमले प्राप्त गरेको यस सफलताको नेपाली कांग्रेस कदर गर्दछ । 
 
नेपाली क्रिकेट टोलीले पाएको सफलता र उच्च स्तरको प्रदर्शनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली क्रिकेट खेलाडीलाई अझ उच्च स्तरको प्रदर्शन गर्न हौसला प्रदान गर्ने मैले विश्वास गरेको छु । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण सहित विद्यमान क्रिकेट र खेलमैदानको स्तरोन्नति तथा खेलाडीहरुको वृत्ति विकास र उनीहरुको मनोवल उच्च राख्ने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकृष्ट गराउन चाहन्छु । अब हुने हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताका हरेक खेलमा नेपाली टिमलाई विजय प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै सहभागी, खेलाडी, टिमका कप्तान र प्रशिक्षक सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु । 
 
 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files