Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 07, 2019
केन्द्रीय कार्यसमितिको २०७५ माघ २४ गतेको बैठकको निर्णय

 माघ २४, २०७५
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । 
 
शोक प्रस्ताव
प्रजातन्त्र सेनानी एवं २००७ सालमा वीरगञ्ज संघर्षका योद्धा पर्साका श्रीराम उपाध्यायको माघ १४ गते र पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं. ७, साविक आङसाराङ गाउँ कार्यसमितिका सभापति डिल्लीकुमार आङ्गदेम्वेको माघ २३ गते हुन गएको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति कार्यसमितिको यो बैठक समवेदना प्रकट गर्दछ । 
 
केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ २८ गते विहान ११ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः वस्नेछ । 
 
आजको बैठकमा केन्द्रीय सदस्यहरु— बलबहादुर के.सी., डा. नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, डा. शेखर कोइराला, डा. चन्द्रकान्त भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुरराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
 
 
 
Share on Facebook

Attachments#
No files