Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 27, 2019
पर्यटन मन्त्री लगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति नेपाली कांग्रेसका प्रवक्ताद्वारा गहिरो दुःख व्यक्त

 

फागुन १५, २०७५

 

शोक विज्ञप्ति

 

रवीन्द्र अधिकारि कुनैबेला अनेरास्ववियुको अध्यक्ष छंदा म नेपाल विद्यार्थी संघको सभापति
थिएं l दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथी उठाएर `लोकतन्त्रका सवालमा सम्पुर्ण एकता´ को निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र म संगै रविन्द्रजिको सकृय भुमिका स्मरण गरिरहेको छु l



राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र ब्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए l कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन्
भनेर l उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ



ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रविन्द्र संगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु l

 


                                                               
                                                     विश्वप्रकाश शर्मा

                                                                                                  प्रवक्ता

Share on Facebook

Attachments#
No files