Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 03, 2019
तत्कालीन लोकतान्त्रिक विद्यार्थी फोरम, सर्लाहीको विद्यार्थी संगठनका अध्यक्ष मनोज यादवको गोली हानी गरिएको हत्याको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट

फागुन १९, २०७५
 
 
 
प्रेस विज्ञप्ति
 
सर्लाही सदरमुकाम मलंगवामा गए राति अज्ञात समूहले गोली प्रहार गरेर मलंगवा न.पा. वडा नं. ८ का ३१ वर्षीय मनोज यादवको हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । तत्कालीन लोकतान्त्रिक विद्यार्थी फोरम, सर्लाहीको विद्यार्थी संगठनमा अध्यक्ष समेत रहेका यादवलाई गए राति ९ बजे अज्ञात समूहले फोन गरी बोलाएको र मलंगवा नगरपालिका वडा नं. ८ शीतभण्डार नजिक सडक छेउमा गोली प्रहार गरेर विभत्स तवरले हत्या गरेका थिए । उहाँको अहिले सर्लाही अस्पताल मलंगवामा पोष्टमार्टम गरिदैछ । 
नेपाली कांग्रेस उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्न आपराधिक व्यक्तिहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । 
स्वर्गीय यादवप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । 
 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files