Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 07, 2019
नेपाली कांग्रेस झापाका पुराना अग्रज नेता जीतबहादुर पुरीको निधनप्रति नेपाली कांग्रेसका सभापतिद्वारा गहिरो दुःख व्यक्त

 फागुन २३, २०७५
 
 
समवेदना
 
नेपाली कांग्रेस झापाका पुराना अग्रज नेता जीतबहादुर पुरीको निधनले मलाई अत्यन्तै दुःख लागेको छ । २०१४ सालमा नेपाली कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरीले पञ्चायती विरोधी लामो संघर्षमा जेल र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो । २०४६ सालको परिवर्तन पश्चात राष्ट्रिय सभाको सदस्य समेत बन्नु भएका पुरीको विदाई सँगै नेपाली कांग्रेस पार्टीले एक निष्ठावान अग्रज गुमाएको छ । 
 
उहाँको निधनबाट नेपाली कांग्रेस झापाको अग्रज नेतृत्वको विदाई भएको छ नै मैले समेत एक असल अग्रज र मित्र समेत गुमाएको छु । 
 
उहाँको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट उहाँका समस्त परिवारजन एवं नेपाली कांग्रेस झापा पार्टी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । 
 
 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files