परिचय

आजभन्दा करिब ८० वर्षअघि मुलुकमा विद्यमान जहाँनिया हुकुमी शासनको विरुद्ध नेपाली जनतालाई जनक्रान्तिको आह्वान गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना भएको हो।

Nepali Congress Flag

२००३

स्थापना

८९७,०००

सदस्य संख्या

०७ फाल्गुण २००७

राणा शासनविरुद्ध संघर्ष र प्रजातन्त्रको स्थापना

नेपाली कांग्रेसको नेतृत्वमा भएको संघर्ष मार्फत राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापना।

०७ फाल्गुण २०१५

पहिलो आमनिर्वाचन

नेपालको पहिलो आमनिर्वाचनमा बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले ७४ सिटसहित संसद्मा दुई तिहाइ बहुमत हासिल ।

०१ पौष २०१७

राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार भङ्ग, विपी कोइराला लगायत नेता जेल चलान

राजा महेन्द्रद्वारा कोइराला नेतृत्वको सरकार भङ्ग गरी पञ्चायती व्यवस्था लागू, विपी कोइराला लगायतका नेतालाई कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैद र तत् पश्चात भारत निर्वासन

३० जेठ २०३५

राष्ट्रिय मेलमिलापको नीति अबलम्बन

प्रजातन्त्रको पुनर्स्थापनाको लागि सम्पूर्ण राजनीतिक शक्तिबीच समझदारीको वकालत गर्दै राष्ट्रिय मेलमिलापको नयाँ नीति अनुसरण गर्दै भारतको निर्वासनबाट बी.पी. कोइरालाको स्वदेश फिर्ता।

१० जेठ २०३६

विद्यार्थी आन्दोलन पछि राष्ट्रिय जनमत संग्रह घोषित

नेपाल विद्यार्थी संघ सम्मेलित विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रद्वारा घोषणा गरिएको राष्ट्रिय जनमत संग्रहमा नेपाली कांग्रेस सहभागी, नेपाली कांग्रेस बहुदलीय प्रणालीको पक्षमा उभिएको ।

२६ चैत्र २०४६

निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलको स्थापना

नेपालको पहिलो जननिर्वाचित मन्त्रीमण्डल बिघटन गरी राजा महेन्द्रबाट लागू गरिएको निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले नेतृत्व गरेको जनआन्दोलन सफल।

२९ बैशाख २०४८

लोकतन्त्रको संस्थागत विकास

२०४६ सालको जनआन्दोलनपछि २०४८ वैशाख २९ मा सम्पन्न भएको पहिलो आमनिर्वाचनबाट नेपाली कांग्रेस बहुमतका साथ विजयी ।

२० बैशाख २०५६

आम निर्वाचनबाट नेपाली कांग्रेसलाई बहुमत प्राप्त

२०५६ सालमा सम्पन्न आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाली कांग्रेसद्वारा २ संसदमा बहुमत (२०५ मध्ये ११३ सिट) प्राप्त, २०५१ को मध्यावधि निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व सरकारबाट निराश नेपाली जनताद्वारा पुन: नेपाली कांग्रेसप्रति विश्वास व्यक्त।

०५ मंसिर २०६३

शान्ति प्रक्रिया र गणतन्त्रको यात्रा

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको विस्तृत शान्ति सम्झौताबाट १० वर्षे लामो शशस्त्र जनयुद्धको अन्त्य, दोस्रो जनआन्दोलनको नेतृत्व गर्दै राजतन्त्रको अन्त्य र संविधानसभाको मार्ग प्रशस्त।

०३ आश्विन २०७२

संविधान निर्माण र संघीय लोकतन्त्र कार्यान्वयन

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी, पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २०७४ मा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन प्रारम्भ।

२७ पौष २०८२

नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजना

नवयुवा पुस्ताको आह्वानमा भएको विद्रोह पश्चात् बदलिएको देश, बदल्नु पर्ने कांग्रेस भन्ने आवश्यकतालाई आत्मसात् गर्दै नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशनको आयोजना गरी पार्टीमा नँया नेतृत्व चयन ।

हाम्रो दृष्टिकोण

नेपाली कांग्रेसको परिचय

आजभन्दा करिब ८० वर्षअघि मुलुकमा विद्यमान जहाँनिया हुकुमी शासनको विरुद्ध नेपाली जनतालाई जनक्रान्तिको आह्वान गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना भएको हो। स्थापनाकाल देखि नै पार्टीले जनतालाई मुलुकको सर्वोच्च र निर्णायक शक्ति मानेर अघि बढ्दै आएको छ। लोकतन्त्रको सुदृढीकरण, संस्थागतीकरण र बहुलवादका मूल्यमा आधारित समाज निर्माण नेपाली कांग्रेसको मूल आधार हो। यही दृढ विश्वासका कारण नेपालको राजनीतिमा आइपर्ने हरेक परिवर्तन र निर्णायक घडीमा नेपाली जनताले नेपाली कांग्रेस प्रति गहिरो विश्वास र समर्थन प्रकट गर्दै आएका छन्।

शिक्षा, स्वास्थ्य, यातायात जस्ता राज्यका आधारभूत दायित्वसँग सम्बन्धित नीति तथा कार्यक्रमको तर्जुमा गर्दै महिला, विपन्न, किसान, मजदुर, सामाजिक रूपमा पछाडि परेका तथा श्रोतसँग पहुँच नभएका र वन्चित भएका सीमान्तीकृत समुदायलाई सशक्त बनाउने हाम्रो प्राथमिकता हो। उनीहरूको आर्थिक तथा सामाजिक उत्थानका लागि आवश्यक पूर्वाधार, सीप र प्रविधिको विकास गर्दै अवसरहरू सिर्जना गर्न हामी प्रतिबद्ध छौं। आर्थिक उदारीकरण मार्फत औद्योगीकरण र रोजगारीको वातावरण निर्माण गर्ने, विश्व बजारसँग नेपाली सीप र दक्षताको पहुँच विस्तार गर्ने, जलवायु परिवर्तनको सन्दर्भमा जलस्रोत र जैविक विविधताको संरक्षण गर्ने तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै समृद्ध र आत्मनिर्भर नेपालको निर्माण गर्नु नेपाली कांग्रेसको दीर्घकालीन दृष्टिकोण हो। सुशासन, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय, आर्थिक समानता र समावेशी लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सबै नागरिकका लागि गरिमापूर्ण जीवन सुनिश्चित गर्न हामी दृढ रूपमा प्रतिबद्ध छौं।

नेपाली कांग्रेस आफ्ना सफलता र शक्ति मात्र होइन, असफलता र कमजोरीसमेत जनतासामु खुला रूपमा स्वीकार गर्न सधैं तयार रहँदै आएको छ। त्यसैले लोकतन्त्र स्थापना गरेर मात्र पार्टी सन्तुष्ट भएको छैन। आज देश र जनतामाथि आइपर्ने अनेकौं चुनौती र कठिनाइबीच पनि लोकतान्त्रिक संस्थाको रक्षा गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अभियानमा हामी निरन्तर अग्रसर छौं।

राजनीतिक स्थायित्व, आन्तरिक लोकतन्त्र र संगठनात्मक सुदृढीकरण बिना राष्ट्र निर्माण सम्भव हुँदैन भन्ने हाम्रो स्पष्ट बुझाई छ। त्यसैले नेपाली कांग्रेस समयको मागअनुसार आत्मसमीक्षा, सुधार र एकतामार्फत पार्टीलाई थप सक्षम, उत्तरदायी र जनमुखी बनाउँदै लैजान प्रतिबद्ध छ। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै मतभेदलाई संवाद र सहमतिमा रूपान्तरण गर्ने राजनीतिक संस्कारको विकास गर्नु नै आजको हाम्रो प्रमुख दायित्व हो।

हाम्रो संगठनात्मक शक्ति
संगठनात्मक संरचना

केन्द्रीय कार्यसमिति नेपाली कांग्रेसको सर्वोच्च कार्यकारी निकाय हो, जसमा १६७ निर्वाचित र मनोनित सदस्यहरू छन् जसले पार्टीको दिशानिर्देश गर्छन् र नेपालभर लोकतान्त्रिक नीतिहरू कार्यान्वयन गर्छन्।

१३४

केन्द्रीय सदस्यहरू

पार्टीको केन्द्रीय कार्यसमितिका सदस्यहरू

७७

जिल्ला समितिहरू

देशभरका जिल्ला कार्यसमितिहरू

७५३

स्थानीय समितिहरू

पालिका तहका कार्यसमितिहरू

६,७४३

वडा समितिहरू

वडा तहका कार्यसमितिहरू