नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभ–कामना

Nepali Congress Flag
नयाँ वर्ष २०८३ को  हार्दिक मंगलमय शुभ–कामना

वैशाख १, २०८३


नयाँ वर्ष २०८३ को

हार्दिक मंगलमय शुभ–कामना


नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।


नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखा पर्ने राष्ट्रिय चुनौतीहरूको सामना एकताबद्ध रूपमा गर्ने दृढ संकल्प र अठोटका साथ नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको छ । शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको यो अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरूले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी मुलुक, मुलुकवासी र लोकतन्त्रको हितमा एकजुट भई सहकार्यका साथ अघि बढ्न आवश्यक छ ।


यस नयाँ वर्षले हामी सबै नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् । साथै, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।


नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको पुनः हार्दिक शुभकामना !


जय नेपाल !


गगनकुमार थापा

सभापति