नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८३ वैशाख २ गते बसेको बैठकको निर्णयहरु

Nepali Congress Flag
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८३ वैशाख २ गते बसेको बैठकको निर्णयहरु

केन्द्रीय अनुशासन समिति

वैशाख ०२, २०८३

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठक समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ । 
निर्णयहरु ः
१.     नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२÷१२÷१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत बक्तब्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो । यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ ।
२.     प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय   गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन । 
जय नेपाल !

दिनेश थापामगर
सचिव