नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २ गते बसेको बैठकको निर्णयहरु

Nepali Congress Flag
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २ गते बसेको बैठकको निर्णयहरु
वैशाख २, २०८३
 
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकमा महामन्त्री गुरूराज घिमिरले विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । 
 
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगको प्रतिवेदन अध्ययन गरी राय सुझाव पेश गर्नका लागि नेपाली कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले सभापति गगनकुमार थापा समक्ष प्रस्तुत गरेको प्रतिवेदन सम्बन्धमा बैठकमा छलफल भयो । आजको बैठकले देहायका निर्णयहरू गरेको छ—
 
निर्णयहरू
१) नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मा रहने गरी गठन गरिएको छ ।   
२) नेपाली कांग्रेस निर्वाचन व्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाल रहने गरी गठन गरिएको छ ।  
३) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४(९) अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समिति एक सदस्य पछि चयन गर्ने गरी देहाय अनुसार गठन गरिएको छ ।  
(क) संयोजक — महामन्त्री प्रदीप पौडेल
(ख) सदस्य — सहमहामन्त्री योगेन्द्र चौधरी 
(ग) सदस्य — सहमहामन्त्री प्रकाश रसाइली स्नेही 
४) नेपाली कांग्रेस संगठन परिचालन तथा समन्वय समिति देहाय अनुसार गठन गरिएको छ ।  
(क) संयोजक — महामन्त्री गुरूराज घिमिरे
(ख) सदस्य — सहमहामन्त्री बहादुरसिंह लामा 
(ग) सदस्य — सहमहामन्त्री मुक्ताकुमारी यादव 
५) नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरिएको छ ।  
६) नेपाली कांग्रेसको मर्यादाक्रम निर्धारण समिति केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ ।   
७) नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम संचालन कार्यविधि—२०८३ प्रदेश र जिल्ला कार्यसमितिको सुझाव सम्मिलित गरेर जेठ १ गतेदेखि लागू हुने गरी पारित गरिएको छ ।  
८) पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै साथीहरूसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । 
आजको बैठकमा उपसभापतिद्वय— विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय— प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री डा. डिला संग्रौला पन्त, सदस्यहरू— अर्जुननरसिंह के.सी., सुरेन्द्रप्रसाद चौधरी, अर्जुनप्रसाद जोशी, अमृत अर्याल, डा. गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार के.सी., अब्दुल सत्तार, प्रतिमा गौतम, प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख ३ गते दिउँसो १ः०० बजे केन्द्रीय कार्यालयमा पुनः 
बस्नेछ । 
 
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव