नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको २०८३ वैशाख २३ गते बसेको प्रथम बैठकको प्रेस विज्ञप्ति

Nepali Congress Flag
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको २०८३ वैशाख २३ गते बसेको प्रथम बैठकको प्रेस विज्ञप्ति
वैशाख २३, २०८३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थितिमा नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज 
बस्यो । 
 
प्रारम्भमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराउनु भयो । सभापति थापाले नवनियुक्त सदस्यहरुलाई बधाई एवं शुभकामना दिंदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारका विषयमा प्रष्ट पार्नु भएको थियो । 
 
त्यसैगरी प्रतिष्ठानका प्रमुखले नवनियुक्त सदस्यहरुलाई शपथ गराउनु भएको थियो । सातै प्रदेशमा हुने “प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला” को मिति र स्थानका सम्बन्धमा प्रतिष्ठानका प्रमुखले बैठकमा जानकारी गराउनु भएको थियो । सो अनुसार,
 
७ प्रदेश कार्यक्रम
सुदूरपश्चिम प्रदेश — २०८३ वैशाख २६ र २७ गते, धनगढी, कैलाली
कर्णाली प्रदेश — २०८३ वैशाख २८ र २९ गते, लेकवेसी, सुर्खेत
गण्डकी प्रदेश — २०८३ वैशाख ३१ र जेठ १ गते, पोखरा, कास्की
बागमती प्रदेश — २०८३ जेठ ४ र ५ गते, धुलिखेल, काभ्रेपलाञ्चोक
मधेश प्रदेश — २०८३ जेठ ६ र ७ गते, वर्दिवास, महोत्तरी
कोशी प्रदेश — २०८३ जेठ ८ र ९ गते, लौकी, सुनसरी
लुम्बिनी प्रदेश — २०८३ जेठ १४ र १५ गते, तिलोत्तमा, रुपन्देही
 
उपप्रमुख चयन
प्रतिष्ठानका प्रमुखले प्रस्ताव गर्नु भएपछि बैठकले उपप्रमुख पदमा श्री मधु आचार्यलाई चयन गरेको छ । 
 
 
कृष्णप्रसाद दुलाल
का.वा.मुख्य सचिव